नेकपा एमालेद्वारा सिन्धुपाल्चोकमा उम्मेदवार घोषणा
क्षेत्र नं. १ मा युवा नेता आङ्दोर्जे शेर्पा, क्षेत्र नं. २ मा शेरबहादुर तामाङ
Advertisement 1

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि सिन्धुपाल्चोक जिल्लाका दुवै प्रतिनिधिसभा क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। पार्टीले क्षेत्र नम्बर १ बाट आङ्दोर्जे शेर्पा र क्षेत्र नम्बर २ बाट शेरबहादुर तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
क्षेत्र नम्बर १ का उम्मेदवार आङ्दोर्जे शेर्पा ४० वर्ष मुनिका युवा नेता हुन्। उनी एमालेको हालै सम्पन्न महाधिवेशनका प्रतिनिधि समेत रहिसकेका छन्। युवापुस्ताको प्रतिनिधित्व, संगठन सुदृढीकरण र नयाँ सोचका साथ अगाडि बढ्ने नेताका रूपमा शेर्पालाई हेरिएको छ।
त्यस्तै, क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका शेरबहादुर तामाङ पार्टीभित्र अनुभवी र प्रभावशाली नेताका रूपमा परिचित छन्। संगठन विस्तार, जनसम्पर्क र राजनीतिक अनुभवका आधारमा तामाङलाई उम्मेदवार बनाइएको एमाले स्रोतले जनाएको छ।
एमालेले सिन्धुपाल्चोकमा युवा ऊर्जा र अनुभवको सन्तुलन मिलाउँदै चुनावी मैदानमा उत्रिएको संकेत यस उम्मेदवार घोषणाले दिएको छ। पार्टीको यो निर्णयले जिल्लाको राजनीतिक माहोल थप रोचक बन्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्