नेकपा एमालेको नयाँ नेतृत्व चयन आज साँझबाट, राति १२ बजेसम्म नतिजा आउने तयारी
Advertisement 1

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान प्रक्रिया सुरु हुने भएको छ। पार्टी नेता विष्णु रिजालका अनुसार आजै राति १२ बजेसम्म मतगणना सम्पन्न गरी नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।
Advertisement 2
मंगलबार साँझ आयोजित प्रेस ब्रिफिङमा नेता रिजालले मतदान व्यवस्थापनबारे जानकारी दिँदै राति ११ बजेसम्म मतदान सकिने र त्यसको एक घण्टाभित्र नतिजा सार्वजनिक गरिने बताए। उनका अनुसार एक जनाले करिब २० मिनेटमा मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ।
“८० वटा मेसिनमार्फत एकसाथ मतदान गराइनेछ। यसरी एक घण्टामा करिब ३ सय जनाले मतदान गर्न सक्छन्। राति ११ बजे मतदान सकिन्छ र १२ बजेसम्म नतिजा आउनेछ,” उनले स्पष्ट पारे।
Advertisement 3
नयाँ नेतृत्व चयनका लागि भइरहेको यस मतदान प्रक्रियालाई छिटो, व्यवस्थित र पारदर्शी बनाउन पार्टीले आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्