एमाले महाधिवेशनमा ह्योल्मो समुदायका युवा नेता टासी लामा केन्द्रीय सदस्यका उम्मेदवार
Advertisement 1

काठमाडौँ । नेकपा एमालेको एघारौँ महाधिवेशनमा सिन्धुपाल्चोक पाँचपोखरी–थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामा केन्द्रीय सदस्यका उम्मेदवार बन्ने भएका छन् ।
Advertisement 2
लगातार दोस्रो कार्यकालमा गाउँपालिका अध्यक्ष जित्दै स्थानीय तहमा लोकप्रिय नेताका रूपमा स्थापित लामा ह्योल्मो समुदायको प्रतिनिधित्व गर्ने सम्भावित नेतृत्वका रूपमा पनि हेरिएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही वर्षअघि पाँचपोखरी–थाङ्पाल गाउँपालिकाको भव्य भवन उद्घाटन गर्दा टासी लामाको प्रशंसा खुलेरै गरेका थिए। महाधिवेशन प्रतिनिधि चयनमा समेत उनले उल्लेख्य लोकप्रिय मत पाएका थिए।
Advertisement 3
जिल्ला कमिटीका एक सदस्यका अनुसार अल्पसङ्ख्यक ह्योल्मो समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न तथा लामाको सक्रियता र जनसमर्थनलाई ध्यानमा राख्दै उनलाई केन्द्रीय सदस्य बनाउने प्रक्रियामा एमाले नेताहरू जुटिरहेका छन्। विद्यार्थी आन्दोलनदेखि निरन्तर संगठनमा सक्रिय टासी लामा अहिले सिन्धुपाल्चोकका जुझारु र उदीयमान नेताका रूपमा उभिएका छन्।


प्रतिक्रिया दिनुहोस्