“नेपालको मूल समस्या राजनीतिक अस्थिरता होइन, समस्या बुझेर पनि नबुझ्ने प्रवृत्ति हो — अब राजा, दल र युवाबीच साझा चेतना जरुरी”
Advertisement 1

राजेन्द्र गुरुङ, महामन्त्री राप्रपा
Advertisement 2
नेपाल एक ऐतिहासिक, सांस्कृतिक र भौगोलिक दृष्टिले विशिष्ट राष्ट्र हो। स्कन्दपुराण, भरतनाट्यशाश्त्र आदिमा नेपालको चर्चा भएकोले यसको प्राचीनतामा कुनै शंका छैन।तर आज मुलुकले भोगिरहेको समस्या केवल राजनीतिक अस्थिरता वा आर्थिक संकटमा मात्र सीमित छैन; यसको मूल कारण समस्या बोध हुँदाहुँदै पनि त्यसप्रति गम्भीर नहुने चरित्र नै आजको समस्या हो। निदाएकालाइे उठाउन सकिन्छ तर अभिनय गर्नेलाइ उठाउन सकिन्न।
“राजा रहेन भने नेपाल राष्ट्र रहदैन”
भन्ने बीपी कोइरालाको भनाइ आजको राजनीतिक परिप्रेक्ष्यमा झन सान्दर्भिकता बढेको छ। राजा केवल संवैधानिक प्रतीक मात्र नभई राष्ट्रिय एकता र सांस्कृतिक–ऐतिहासिक पहिचानको धरोहर हुन्। तर नेपाली कांग्रेस जस्तो पार्टीले यो कुरा बुझ्न नसक्नु, समस्या र चुनौतीलाई गम्भीरतापूर्वक लिन नचाहनु नै मुलुकको दीर्घकालीन स्थायित्वको लागि चिन्ताको विषय हो। वी पी पथ र चिन्तनबाट विचलित हुनाले कांग्रेसको हविगत के भयो इतिहासले मूल्याकंण गर्नेनै छ।
Advertisement 3
त्यस्तै, नेकपा माओवादीका अध्यक्ष प्रचण्डले “हामी त ताल्चा मात्र रहेछौं, साचों त अरु नै रहेछ” भन्ने मानसिकता देखाउनुले नेतृत्वको जिम्मेवारी र आत्म–परीक्षणको अभाव स्पष्ट गर्छ। दलहरू केवल बाहिरी दोषारोपण गर्दै समय व्यर्थ गर्छन्, आफ्नै कमजोरी र सुधारको दिशा नदेखाउँदा जनतामा निराशा बढेको र धरातलिय यथार्थ बुझेर पनि बुझ्ने चेष्टा नगर्ने चरित्र आजको समस्या हो भन्दा अत्युक्ति नहोला।
अर्को उदाहरण केपी ओलीको “वयलगाडा चढेर अमेरिका पुगिदैन” भन्ने तर्कले कठिन मार्ग अपनाउनु पर्ने कुरा बुझाउँछ। तर जब अवसर आउँछ, छोटो मार्ग अपनाउन खोज्नु र “वयलगाडा नै चढ्ने” प्रवृत्ति देखाउनु वर्तमान राजनीतिक–सामाजिक संकटको संकेत हो। यसको अर्थ स्पष्ट छ — समस्या बोध त छ, तर त्यसप्रति गम्भीरता र कार्य गर्ने इच्छा छैन।
समस्याको मूल कारण:
१) नेतृत्व र दलहरूमा असंवेदनशीलता:
समस्या बोध हुँदाहुँदै पनि त्यसको समाधानमा सक्रिय नहुने। जिम्मेवारी छोडेर बाहिरी दोषारोपण गर्ने।
२) सहज सफलता र छोटो मार्ग खोज्ने मानसिकता
व्यक्तिगत लाभका लागि कठिन मार्ग नअपनाउने। राष्ट्र निर्माण र दीर्घकालीन सोचभन्दा छोटो समयको लाभ प्राथमिक बनाउने।
३) सामाजिक चेतना र Gen Z को भूमिकामा कमजोरी:
नयाँ पुस्ताले राजनीतिक, सामाजिक र सांस्कृतिक जिम्मेवारीलाई प्राथमिकता नदिने। डिजिटल प्रविधि र वैश्विक पहुँचको उपयोग व्यक्तिगत लाभ मात्रका लागि गर्ने।
नवीन समझदारीको आवश्यकता:
आजको अवस्थामा केवल आलोचना वा असन्तोषले केही समाधान हुँदैन। राजा, दल र युवा पुस्ताबीच साझा समझ र सक्रिय संवाद अत्यावश्यक छ।
१) राजाको भूमिका:
राष्ट्रिय एकता र सांस्कृतिक–ऐतिहासिक आधारको प्रतिनिधित्व। जनतालाई समस्या बुझ्न र जिम्मेवारी बोध गराउने नेतृत्व।
२) राजनीतिक दलको भूमिका:
केवल सत्ता र स्वार्थमा केन्द्रित नहुने। पारदर्शी नेतृत्व, दीर्घकालीन नीति र जनताको वास्तविक समस्या बुझ्ने।
३) Gen Z को भूमिका:
सक्रिय नागरिक बन्ने, केवल व्यक्तिगत लाभको लागि होइन। जिम्मेवारीपूर्वक कठिन मार्ग अपनाउने, राष्ट्र निर्माणमा सक्रिय हुने। डिजिटल प्रविधि र वैश्विक पहुँचको उपयोग राष्ट्रको विकासका लागि गर्ने।
आजको नेपालमा समस्या बोध त छ, तर त्यसप्रति गम्भीरता, कार्यशीलता र साझा समझको अभाव छ। राजा, दल र युवा पुस्ताबीच नवीन समझदारीको स्थापना गर्दा मात्र राष्ट्रिय स्थायित्व, राजनीतिक स्थिरता र सामाजिक समृद्धि सम्भव छ।
राजा = राष्ट्रिय एकता र सांस्कृतिक–ऐतिहासिक आधार
दल = नीति, नेतृत्व र जिम्मेवारी
Gen Z = सक्रिय नागरिक, दीर्घकालीन सोच
यी तीन पक्षको संयोजन नै आजको नेपालको मुख्य आवश्यकता हो। मुलुकमा देखिएको राष्ट्रिय संकटप्रति गम्भीर हुदैँ समयमा नै समस्या समाधानको मार्गमा अघि बढ्न ढिलो नगरौं।
अन्यथा इतिहासले फेरि पनि बलपूर्वक परिवर्तन गराउँनेछ।
हामी सबैको जय होस।
जयराष्ट्रवाद्।


प्रतिक्रिया दिनुहोस्