राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक: निर्वाचन र नयाँ राजनीतिक परिस्थिति छलफल
Advertisement 1

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्कीसहित दोस्रो तहका राजनीतिक नेताहरू सहभागी बैठकमा जेनजी आन्दोलनपछि उत्पन्न नयाँ परिस्थिति र आगामी प्रतिनिधिसभा निर्वाचनबारे छलफल हुने बताइएको छ। बैठकमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोसपा, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिहरू सहभागी छन्। सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरिसकेको छ। बैठकले आगामी निर्वाचन तयारी र नयाँ राजनीतिक परिदृश्यलाई मध्यनजर गर्दै राष्ट्रिय सहमति र सहकार्यको दिशामा छलफल अघि बढाउने अपेक्षा गरिएको छ।
Advertisement 2


प्रतिक्रिया दिनुहोस्