२०८२ कार्तिक ११ मंगलवार
नेपाली समय

लगातार वर्षासँगै सतर्क रहन हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह

३ हप्ता अगाडि

लगातार वर्षासँगै सतर्कता अपनाउन हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह

Advertisement 1

सिन्धुपाल्चोक, असोज १८ — हाल देशका अधिकांश भागमा भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गएको छ। त्यसै सन्दर्भमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाभित्रका सम्पूर्ण नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ।

अध्यक्ष शेर्पाले भन्नुभयो, “हाम्रो हेलम्बु क्षेत्रमा समेत लगातार वर्षा भइरहेको कारण सुरक्षित रहनु अत्यावश्यक छ। त्यसैले सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई अत्यावश्यक कार्य बाहेक अन्य यात्रामा ननिस्कन अनुरोध गर्दछौँ। तपाईंहरूको सतर्कता नै सुरक्षाको आधार हो। सतर्क रहौँ, आफू बचौँ, अरुलाई बचाऔँ।”

गाउँपालिकाभित्रका सडक र नदी किनार क्षेत्रहरूमा पहिरो खस्ने र सडक अवरुद्ध हुने सम्भावना रहेकाले गाउँपालिकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ। आपतकालीन अवस्थामा तुरुन्त सहायता प्राप्त गर्न गाउँपालिकाले सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरेको छ।

Advertisement 3

आपतकालीन सम्पर्क नम्बरहरू:
📞 विपद फोकल पर्सन – 9851004824
📞 हेलम्बु प्रहरी टिम – 9851288018, 9851288019, 9851288020
📞 सशस्त्र प्रहरी बल हेलम्बु – 9844419229

अविरल वर्षाको कारण विभिन्न स्थानमा साना पहिरो र बाटो अवरुद्ध हुन थालेका जानकारी पनि प्राप्त भएको छ। स्थानीय तहले जोखिम क्षेत्रका बासिन्दालाई सजग रहन र आवागमनका क्रममा सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार