२०८२ कार्तिक ११ मंगलवार
नेपाली समय

बाढी–पहिरोको जोखिममा सतर्क रहन र एकअर्कालाई सहयोग गर्न प्याब्सनको अपिल

३ हप्ता अगाडि

विपदका बेला सबैको सुरक्षा र सहयोगमा जुट्न प्याब्सनको आग्रह

Advertisement 1

विपदका बेला बालबालिकाको सुरक्षा गर्न प्याब्सनको आग्रह

काठमाडौं, असोज १८ — हाल देशका विभिन्न भागमा अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपदले जनधनमा ठूलो क्षति पुर्‍याइरहेको सन्दर्भमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले अभिभावक, विद्यालय सञ्चालक तथा आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्याब्सन केन्द्रीय विपद व्यवस्थापन विभागका संयोजक रविन्स शर्माले जारी गरेको विज्ञप्तिमा बालबालिकाको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। उनले अभिभावक र शिक्षकलाई बालबालिकालाई घरमै सुरक्षित राख्न, खोला, नदी, पहिरो वा पोखरीजस्ता जोखिमपूर्ण स्थानहरू नजिक नजान कडाइका साथ निर्देशन दिन आग्रह गरेका छन्।

Advertisement 3

“बालबालिकाको सुरक्षा हाम्रो पहिलो जिम्मेवारी हो। विपदको समयमा उनीहरूलाई हेरचाह बिना बाहिर जान नदिनुहोस् र आफ्नै निगरानीमा राख्नुहोस्,” शर्मा भन्नुहुन्छ, “विपदको घडीमा सरकार मात्र होइन, हामी सबैको भूमिका समान महत्त्वपूर्ण हुन्छ। विद्यालयले सिकाउने शिक्षा व्यवहारमा उतार्ने यही समय हो— सहयोग, संवेदना र मानवीयता प्रकट गरौँ।”

उनका अनुसार हाल देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण प्रभावित परिवारहरूलाई सहयोग पुर्‍याउन प्याब्सनका विद्यालय सञ्चालक, संस्थापक र प्रिन्सिपलहरूले सेना, प्रहरी, सशस्त्र, रेडक्रस, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता तथा टेड्सलगायतका संस्थाहरूसँग हातेमालो गर्दै उद्धार र राहत कार्यमा जुट्नुपर्ने आवश्यकता रहेको छ।

प्याब्सनले आफ्नो विपद व्यवस्थापन विभागमार्फत जोखिमग्रस्त क्षेत्रमा रहेका विद्यार्थी र अभिभावकलाई आवश्यक सहयोग, राहत र मनोबल प्रदान गर्न प्रदेश र स्थानीय तहका प्याब्सन इकाइहरूलाई समेत सक्रिय हुन निर्देशन दिएको जनाएको छ।

यससँगै प्याब्सनले देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरूलाई समेत आफ्नो विद्यालय, छात्रावास वा भवन अप्ठ्यारो वा जोखिमपूर्ण अवस्थामा परेमा तुरुन्तै गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा जानकारी गराउन अनुरोध गरेको छ।

प्याब्सनले विपदको बेला बालबालिकाको मात्र होइन, सम्पूर्ण समुदायको सुरक्षाका लागि आपसी सहयोग र एकताको भावना जगाउन सबै पक्षलाई आह्वान गरेको छ।

 

धेरै पढिएको

सम्बन्धित समाचार