जेन्जी आन्दोलनमा नारायणपुर खानेपानी कार्यालयमा तोडफोड र आगजनी, २१ लाख बढीको क्षति
Advertisement 1

नारायणपुर । जेन्जी Z समूहको आन्दोलनको क्रममा २०८२ भदौ २४ गते बेलुका करिब ८ बजेतिर नारायणपुर खानेपानी तथा सरसफाइ समितिको भवनमा तोडफोड र आगजनी भएको छ । समितिका अनुसार भवनसहित विभिन्न कार्यालय सामग्रीमा आगजनी र क्षति पुर्याउँदा करिब २१ लाख २ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
Advertisement 2
समितिले विज्ञप्ति जारी गर्दै आम जनसरोकारसँग प्रत्यक्ष सरोकार राख्ने खानेपानीजस्तो सामाजिक संस्थामा भएको यो तोडफोड र आगजनीलाई खेदजनक, लज्जास्पद र सामाजिक संस्था प्रति ठाडो प्रहारको संज्ञा दिएको छ ।
महासचिव असोक शर्मा र अध्यक्ष कुल प्रसाद रजौरेले हस्ताक्षर गरेको विज्ञप्तिमा आन्दोलनका नाममा गरिएका यस्ता गतिविधि संस्थाको मात्र नभई सम्पूर्ण समुदायको हितविपरीत रहेको उल्लेख गरिएको छ ।
Advertisement 3



प्रतिक्रिया दिनुहोस्