डा. सरदहरि गजुरेललाई स्वास्थ्य मन्त्री बनाउन माग
Advertisement 1

काठमाडौँ । अनुभवी चिकित्सक तथा स्वास्थ्य प्रशासक डा. सरदहरि गजुरेललाई स्वास्थ्य मन्त्री बनाउनुपर्ने माग तीव्र बनेको छ। नागरिक समाजदेखि स्वास्थ्यकर्मी सम्मको धारणा छ– उहाँको दीर्घ अनुभव, प्राविधिक दक्षता र जनविश्वासका आधारमा गजुरेलले नेतृत्व गर्नुपर्ने आवश्यकता छ।
Advertisement 2
डा. गजुरेलले अस्पताल प्रशासन, स्वास्थ्य व्यवस्थापन र अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन्। उहाँको नीति निर्माण र कार्यान्वयन गर्ने क्षमता नै स्वास्थ्य क्षेत्रमा देखिएका कमजोरी समाधान गर्ने उपाय बन्न सक्ने तर्क स्वास्थ्यकर्मीहरूले गरेका छन्।
नेपालमा स्वास्थ्य सेवा कमजोेर व्यवस्थापन, स्रोतको अभाव र नीतिगत अनिश्चितताले प्रभावित हुँदै आएको अवस्थामा अनुभवी व्यक्तित्वको नेतृत्व अपरिहार्य भएको बताइन्छ। स्वास्थ्य सेवाको पहुँच विस्तार, गुणस्तर सुधार र पारदर्शिता कायम गर्न सक्ने क्षमता गजुरेलमा रहेको विश्वास गरिएको छ।
Advertisement 3
चिकित्सक र प्रशासक दुवै भूमिकामा सक्रिय भएर काम गरेको अनुभवका कारण उहाँप्रति आम नागरिक र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित निकायबीच विश्वास निर्माण सहज हुने जनाइएको छ।
तर, स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसँगै राजनीतिक अनुभव, बजेट व्यवस्थापन र नीति निरन्तरताजस्ता चुनौती रहने निश्चित छ। यद्यपि, प्राविधिक दृष्टिकोण, जनसेवाप्रति समर्पण र नेतृत्व क्षमताका आधारमा गजुरेललाई जिम्मेवारी दिनु दीर्घकालीन सुधारको बाटो खोल्ने कदम हुने तर्क सरोकारवालाहरूले गरेका छन्।
हाल डा. सरदहरि गजुरेल अन्नपूर्ण न्युरो अस्पताल, माईतिघरमा उपनिर्देशकका रुपमा लामो समयदेखि कार्यरत छन्।


प्रतिक्रिया दिनुहोस्