२०८२ कार्तिक ११ मंगलवार
नेपाली समय

टप्प टिपी’ गीत सार्वजनिक कार्यक्रम स्थगित

२ महिना अगाडि

टप्प टिपी’ गीत सार्वजनिक कार्यक्रम स्थगित

Advertisement 1

काठमाडौं । गायक तथा रिभेरा इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल प्रज्वल कोइरालाको नयाँ गीत ‘टप्प टिपी सयपत्री फूल…’ सार्वजनिकीकरण कार्यक्रम स्थगित गरिएको छ।

मैजुबहाल, चाबहिलस्थित रिभेरा इन्टरनेसनल एकेडेमीमा भदौ २१ गते शनिबार दिउँसो २ बजेका लागि तय गरिएको गीत रिलिज कार्यक्रम हाललाई रोकिएको आयोजकले जनाएका छन्।

सामाजिक सञ्जाल युट्युब, फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपजस्ता प्लेटफर्महरू बन्द भएकाले गीत सार्वजनिक गर्ने योजना अस्थायी रूपमा स्थगित गरिएको हो। गीत रिलिज युट्युब च्यानल OSR Digital मार्फत गर्ने तयारी भए पनि प्लेटफर्महरू सूचारु नभएसम्म कार्यक्रम अघि नबढाइने भएको छ।

Advertisement 3

आयोजक तथा गायक प्रज्वल कोइरालाले भने, “हाम्रो गीत ‘टप्प टिपी सयपत्री फूल…’लाई दर्शकसमक्ष भव्य रूपमा प्रस्तुत गर्ने तयारी थियो। तर, युट्युब र सामाजिक सञ्जाल नै अवरुद्ध भएको कारण तत्काल सार्वजनिक गर्न सम्भव भएन। सम्पूर्ण प्लेटफर्महरू सञ्चालनमा आएलगत्तै नयाँ मिति तोकेर कार्यक्रम गर्नेछौं,” भने।

उनले कार्यक्रममा ढिलाइ हुँदा पर्न गएको असुविधाप्रति क्षमा माग्दै निकट भविष्यमा गीतसहित पुनः निमन्त्रणा गर्ने जानकारी दिएका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार