२०८२ फाल्गुन २८ बिहीबार
नेपाली समय

काठमाडौँ विद्युतीय व्यवसायी संघद्वारा तीजमा भक्तजनलाई निःशुल्क जुस–पानी वितरण सम्पन्न

७ महिना अगाडि

काठमाडौँ विद्युतीय व्यवसायी संघद्वारा तीजमा भक्तजनलाई निःशुल्क जुस र पानी वितरण कार्यक्रम सम्पन्न 

Advertisement 1

काठमाडौँ — महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा काठमाडौँ विद्युतीय व्यवसायी संघले आज (भदौ १० गते, मंगलबार) भक्तजनलाई लक्षित गरी निःशुल्क जुस तथा पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ।

संघले हनुमान ढोका र सानी पशुपति मन्दिरमा दर्शन गर्न आएका सयौं भक्तजनलाई दिनभरि तातो घाममा शीतलता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको हो। भक्तजनहरूले संघको यस पहललाई सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण भन्दै प्रशंसा गरेका थिए।

Advertisement 3

कार्यक्रमका क्रममा संघका अध्यक्ष मिलन सिवाकोटीले भने,
“हाम्रो संघ केवल व्यवसायिक गतिविधिमा मात्र सीमित छैन, हामी समाजसँग पनि प्रत्यक्ष जोडिएका छौं। तीजजस्तो ठूलो पर्वमा भक्तजनलाई शीतलता दिलाउने हाम्रो यो प्रयास सामाजिक उत्तरदायित्वकै हिस्सा हो। आगामी दिनमा पनि संघ यस्तै समाजमुखी कार्य गर्दै अघि बढ्नेछ।”

संघका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले भक्तजनलाई सहज र सन्तोषप्रद सेवा दिएको बताइएको छ।

त्यसैगरी  कार्यक्रमको संयोजक कमला न्यौपानेले पनि भनिन्, “तीजमा लाखौं भक्तजन मन्दिरहरूमा पुग्ने गर्दछन्। त्यस क्रममा उनीहरूलाई सानो सहयोग दिन पाउनु हाम्रो लागि गर्वको विषय हो। यस्तो सेवा कार्यक्रममा सबैको सहयोग र सहभागिता नै हाम्रो शक्ति हो।”

यसअघि पनि काठमाडौँ विद्युतीय व्यवसायी संघले विभिन्न सामाजिक र सांस्कृतिक अवसरमा जनहितमुखी कार्यक्रमहरू गर्दै आएको छ।

कार्यक्रममा विभिन्न संघ–सदस्य र व्यवसायीहरूको समेत सहयोग रहेको थियो।
सहयोगीहरू :

सिमा ट्रेड लिंक, भोटेवहाल

रिद्दिसिद्दी इलेक्ट्रीक, भोटेबहाल

रि लाइटिङ, भोटेबहाल

मान सरोवर सप्लायर्स, कपन

शिभिल लाइटिङ, भोटेबहाल

सिद्दी बिनायक इलेक्ट्रीक गंगबु

लक्ष्मी एण्ड आरादेन्स इलेक्टिक

सुकेधारा मल्टी शप, सुकेधारा

गङबु सागर इलेक्ट्रिक, गङ्बु

आर के ओभरसिज, भोटेवहाल

ए. बि.सी इलेक्ट्रीक, भोटेबहाल

बस्नेत इलेक्ट्रीक, जोरपाटी नारायणटार

ए. प्लस इन्टरप्राइजेज, सितापाइला

एस. एल इलैक्ट्रिक

हेल्लो स्मार्ट ट्रेड, सरस्वतीनगर

राम इन्टरप्राइजेज, सुकेधारा

ब्राइट नेपाल, कपन

त्रिशन इन्टरप्राइजेज

मार्क इलेक्ट्रीक, सरस्वतीनगर

आर. एन. इलेक्ट्रीक सप्लायर्स, बौद्ध

तनहुँ थानीमाई इलेक्ट्रिक, बसुन्धारा

जि एस इलेक्ट्रीक

धेरै पढिएको

सम्बन्धित समाचार